Loading Events

« All Events

  • This event has passed.

नेपाली भाषाको पहुँच

April 28, 2024 @ 12:00 - 15:00
nepalibook

आदरणीय डेनमार्क वासी सम्पुर्णमा नमस्कार🙏

हाम्रो समाजमा हामी नेपाली समुदायको घनत्व वढ्दै गर्दा हाम्रा दोस्रो पुष्ताको पनि संख्या वढ्दो क्रममाछ। हाम्रो परम्परा, संस्कृती र विषेश गरि भाषा हाम्रो चिनारिको पहिलो कढीहो जसको संरक्षण, संम्वर्धन र जगेर्णा गरि दोस्रो पुष्तामा हस्तान्तरण गर्नु हाम्रो प्रमुख कर्तव्य हो।
हाल डेनमार्कको नेपाली समाज भित्र विभिन्न माध्यम द्वार वालवालिकाहरू लाई नेपाली भाषा सिकाईका कक्षाहरू संचालनमा रहेका छन र विषेश कारण वस धेरै वालवालिकाहरू सिकाई वाट वन्चित पनि हुनु परेको जानकारी धेरैको रहेका कारण NRNA, डेनमार्क यस महत्वपुर्ण विषय प्रती सजग रहदै यस लाई सु-व्यवस्थित गर्दै यसको पहुच लाई विस्तार गर्न प्रयत्नशील छ।
तसर्थ यस विषय संग सम्वन्धित सम्पुर्ण शिक्षक तथा अभिभावक ज्युहरू लाई निम्नानुसारको मिति, समय र स्थानमा उपस्थित भई छलफलमा भाग लिईदिनहुन हार्दिक अनुरोध गर्दछौ।
मितिः २८.०४.२०२४ ( आईतवार )
समयः ठिक १२ः०० – १५ः०० वजे
स्थानः Energicenter Voldparken

भवदीय
NRNA, डेनमार्क।

Details

  • Date: April 28, 2024
  • Time:
    12:00 - 15:00
  • Event Category:

Organizer

Venue

  • Kobbelvænget 65, 2700