Loading Events

« All Events

  • This event has passed.

Meet and Greet with Ramesh Kharel

September 16, 2023 @ 11:00 - 14:00
375198152 191938527237855 5391720639061193714 n

नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत रहेका रमेश खरेल नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । उनी आफ्नो इमानदारी पुर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय छन , खरेलले राजधानी काठमाडौंको एसपी हुँदा नेपालीहरूलाई अवैध रूपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले कडा कार्यबाही चलाएका थिए । काठमाडौंको एसएसपी भएको बेलामा हनुमान ढोकामा रहेको एसएसपीको कोठा सर्वसाधारणका लागि सधैँ खुल्ला रहने गर्दथ्यो । भ्याएसम्म सबै सर्वसाधारणको कुरा खरेल आफैँ सुन्ने गर्दथे, समस्या समाधानका लागि तुरुन्त पहल समेत गर्दथे । त्यसैले हनुमान ढोका जानेहरूले राज्य आफ्नो समस्याप्रति संवेदनशील भएको महसुस गर्ने गरेका थिए । रमेश खरेलको कार्यबाट प्रभावित भएर एसपी खरेल नामक भोजपुरी चलचित्र निर्माण भएको छ । यस चलचित्रमा रमेश खरेलको कामहरूको चर्चा गरिएको छ । यस्तै खरेलले राष्ट्रियता झल्काउने अनेकौँ नेपाली स्वदेशगानहरूमा अभिनय समेत गरेका छन् ।
यिनै रमेश खरेल हाल युरोपका केहि मुलुकको भ्रमणमा छन् , त्यसै सिलसिलामा डेनमार्कमा रहदा उनि संग केहि आत्मीयताका कुराहरु , केहि अनुसासन का कुराहरु र केहि गुनासा हरु सहित बातचित गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको छ , कार्यक्रम बिसुद्ध सामाजिक हुने छ ।

Details

Organizer

  • RSP Denmark

Venue

  • voldparken1
  • Voldparken1, 2700
    Bronshøj, 2700 Denmark
    + Google Map