- This event has passed.
सम्मान तथा प्रेरणा कार्यक्रम

आदरणीय डेनमार्कवासी सम्पूर्ण नेपाली आमा-बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा नमस्कार। 
गत वर्षझैँ यस वर्ष पनि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् डेनमार्क (NRNA Denmark) को आयोजनामा सन् २०२६ मा कक्षा १२ (Gymnasium) उत्तीर्ण गरेका नेपाली विद्यार्थीहरूको सम्मान तथा प्रेरणा कार्यक्रम आयोजना गरिने भएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त हर्ष लागेको छ।
मिति: ८ अगस्ट २०२६
समय: दिउँसो १२:३० बजे
स्थान: Kirkesvinget 1, 2610 Rødovre
यस कार्यक्रमको उद्देश्य डेनमार्कमा क्षा १२ उत्तीर्ण गरी आफ्नो शैक्षिक जीवनको महत्वपूर्ण चरण पूरा गरेका विद्यार्थीहरूको उपलब्धिको सम्मान गर्नुका साथै उनीहरूलाई उच्च शिक्षा, करियर विकास तथा नेतृत्व क्षमताको अभिवृद्धितर्फ प्रेरित गर्नु हो। साथै, नयाँ शैक्षिक यात्रामा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन, अनुभव आदानप्रदान तथा सशक्तीकरणको वातावरण प्रदान गर्ने लक्ष्य राखिएको छ र यस कार्यक्रम लाई सफल बनाउन सम्पूर्ण नेपाली विद्यार्थीहरू तथा अभिभावकज्युहरूको साथ र सहयोग हुनेछ भन्ने विश्वास राख्दै सवैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
नोट: यस कार्यक्रम सम्बन्धी थप जानकारी आवश्यक परेमा एनआरएनए डेनमार्कका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्री सन्तोष बस्नेत ज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नं.: 42330768
भवदीय,
गैरआवासीय नेपाली संघ (NRNA) डेनमार्क परिवार 
