
हिजो मिति १० सेप्टेम्वर २०२३ का दिन सम्पन्न NRNA, डेनमार्क २०२३-२०२५ कार्यकालको पहिलो कार्यक्रम “हरितालिका तिजमा” उपस्थित भई कार्यक्रम लाई भव्यताका साथ सम्पन्न पार्न अथक सहयोग गर्नुहुने नेपली राजदुतावास का महामहिम राजदुत ज्यु, नियोग उप प्रमुख ज्यु, NRNA डेनमार्कका भुतपुर्व ICC सदस्य ज्युहरू, भुतपुर्व अध्यक्ष ज्युहरू, पदाधिकारी, सदस्य तथा पुर्व सल्लाहाकार ज्युहरू लगायत उपस्थित सम्पुर्ण आमा बुबा, दिदी बहिनी, दाजु भाई तथा हाम्रा दोस्रो पुस्ताका नानि बाबुहरु प्रती NRNA डेनमार्क हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ।

यस कार्यक्रममा हाम्रो निम्तो लाई स्विकार गरि पाहुनाका रुपमा पाल्नु भएका डेनमार्क निवासि बिषिष्ट महिला व्यक्तित्वहरू क्रमस Laura Rosenving ( कोपनहेगन महानगरपालिका नगर की प्रवक्ता, Social Democrat party, Copenhagen कम्युनकी प्रमुख सल्लाहाकार तथा Child and Youth क्षेत्रकी सदस्य ), Necla Baran ( Rødovre कम्युनकी Integration मामिला प्रमुख ), Lene Gammelgaard ( बिश्वकै ३५औं महिला, स्कन्डेनेभियन राष्ट्रहरूकै पहिलो महिला सगरमाथा आरोही तथा Motivational speaker and Author)को उपस्थिति तथा डेनमार्कमा अवस्थित सम्पुर्ण राजनैतिक, सामाजिक र बिभिन्न क्षत्रिय, जातीय संघ संस्थाहरू प्रती आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौ।नेपाल बाट पाल्नु भएकी अत्यन्तै सुमधुर स्वरकी धनी मल्लीका कार्की ज्यु को वेजोड प्रस्तुतीका लागि मल्लीका कार्की ज्यु लाई बिषेश धन्यवाद टक्र्याउन चाहन्छौं।
कार्यक्रम तय भए देखिनै कार्यक्रम सम्पन्न पार्न नृत्य, संगित तथा प्राविधिक सहयोग गर्नुहुने अन्तराष्ट्रिय कलाकार समाज (INAS),डेनमार्क प्रती विषेश कृतज्ञ छौं। यो कार्यक्रम महिलाहरूका लागि हो र यस कार्यक्रममा अतिथि तथा सहभागिहरू लाई पुरस्कार सौजन्य गर्नुहुने NEPSTO र SMART WARE प्रती आवहार व्यक्त गर्न चाहन्छौं। महिलाहरूको बिशेष चाड भएकाले रङ्गिविरङ्गी पहिरन र गहनामा सजिएर पाल्नु भएका सम्पुर्ण आदरणीय महिलाहरूमा हरितालिका तीजको मंगलमय शुभकामना सहित धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छौं साथै कार्क्रमको सुरूवाती क्षण देखि अन्तिम सम्म अहोरात्र खटेर सहयोग गर्नुहुने सम्पुर्ण भोलेन्टियर ज्यूहरू प्रती कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेका छौ।

कार्यक्रम सम्पन्न गर्ने क्रममा केही कमिकम्जोरी भएको भए यसलाई सिकाईको रुपमा लिएर आउदा दिनहरूमा सच्याउने वाचाका साथ हरितालिका तीजको सवैमा मंगलमय शुभकामना व्यक्त गर्दछौ।

नोटः कार्यक्रम समापन पश्चात सरसफाईका क्रममा केहि गहनाहरू भेटिएकोले आफ्नो गहनाको हुलियाका साथ सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
सबेको समय शुभ रहोस

