- This event has passed.
NVA Veterans and Ladies Volleyball Tournament

नेपाल भलिबल एसोसिएसन डेनमार्कले विगत वर्षहरूमा झैँ यस वर्ष पनि भलिबल खेलको माध्यमबाट डेनमार्क स्थित नेपाली समुदायलाई आपसी भाइचारा र खेल मनोरञ्जनको साथमा जोड्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्न गइरहेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौं।
यस वर्ष खेलप्रेमी र खेलाडी साथीहरूको संख्या डेनमार्कमा बढेको परिप्रेक्षमा धेरैवटा प्रतियोगिता एकसाथ लिएर आएका छौं । यस वर्ष महिला भलिबल कप(26 April 2026), ३५ वर्षदेखि माथिका उमेर समूहलाई Veterans Volleyball Cup ((26 April 2026))र पुरुष भलिबल कप (17 May 2026)गरी तीनवटा प्रतियोगिताहरू आयोजना हुँदैछन्।
यी सबै प्रतियोगिताहरूमा प्रतियोगी को रूपमा सहभागी भइदिनु हुन खेलाडी साथीहरू र दर्शकको रूपमा उपस्थित भई खेलाडी साथीहरू र आयोजक नेपाल भलिबल एसियन डेनमार्कलाई हौसला दिनुहुन र कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन सम्पूर्ण डेनमार्क स्थित नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु।
नेपाल भलिबल एसोसिएसन डेनमार्क
रमेश क्षेत्री
अध्यक्ष
गोकुल केसी
महासचिव
