- This event has passed.
NVA Cup 2026

नेपाल भलिबल एसोसिएसन डेनमार्कले विगत वर्षहरूमा झैँ यस वर्ष पनि भलिबल खेलको माध्यमबाट डेनमार्क स्थित नेपाली समुदायलाई आपसी भाइचारा र खेल मनोरञ्जनको साथमा जोड्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्न गइरहेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौं।
यस वर्ष खेलप्रेमी र खेलाडी साथीहरूको संख्या डेनमार्कमा बढेको परिप्रेक्षमा धेरैवटा प्रतियोगिता एकसाथ लिएर आएका छौं । यस वर्ष महिला भलिबल कप(26 April 2026), ३५ वर्षदेखि माथिका उमेर समूहलाई Veterans Volleyball Cup ((26 April 2026)) र पुरुष भलिबल कप (17 May 2026)गरी तीनवटा प्रतियोगिताहरू आयोजना हुँदैछन्।
यी सबै प्रतियोगिताहरूमा प्रतियोगी को रूपमा सहभागी भइदिनु हुन खेलाडी साथीहरू र दर्शकको रूपमा उपस्थित भई खेलाडी साथीहरू र आयोजक नेपाल भलिबल एसियन डेनमार्कलाई हौसला दिनुहुन र कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन सम्पूर्ण डेनमार्क स्थित नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु।
नेपाल भलिबल एसोसिएसन डेनमार्क
रमेश क्षेत्री
अध्यक्ष
गोकुल केसी
महासचिव
