- This event has passed.
विशेष साधारण सभा
May 25, 2025 @ 12:00 - 15:30
विशेष साधारण सभा
आदरणीय गैर आवासीय नेपाली संघ, डेनमार्कका भूतपुर्व अध्यक्ष ज्यूहरू, भूतपुर्व ICC सदस्य ज्यूहरू, भूतपुर्व कार्यसमिति पदाधिकारी तथा सदस्य ज्यूहरू, NRNA, डेनमार्कका सम्पुर्ण पंजीकृत सदस्य ज्यूहरू नमस्कार

गैरआवासीय नेपाली संघ हाम्रो साझा सामाजिक संस्था हो जसले समाजिक गतिविधि लाई नियालेर सामाजिक कार्य गरिरहेको यहांहरू सबैमा अवगत नै छ ।
विगत केहि समय यता गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा देखिएको समस्याका कारण विश्व भरि रहेका NRNA NCC हरूमा पनि असर देखिन थालेको पाईन्छ सोहि अनुरुप हाम्रो NCC मा पनि यसको असर पर्न सक्ने सम्भावना लाई मध्यनजर गर्दै विशेष साधारण सभाले अर्कों व्यवस्था गरे अनुसार हुने गरि हाल लाई NCC, डेनमार्कको सदस्यता आवेदन फाराम स्थगित गरिएको छ साथै MIS सिस्टम मार्फत पंजीकृत सदस्यता प्रमाणीकरण कार्य पनि आजैका मिति वाट स्थगित गरि गैर आवासीय नेपाली संघ, डेनमार्क ले समाजको एक्यवद्धताका लागि कार्यकाल २०२३-२०२५ का सम्बन्धमा आवस्यक निर्णय गर्न विशेष साधारण सभाको आयोजना गर्ने निर्णय गरेकोछ।
उक्त निर्णय वमोजिम तपशीलको मिति, समय र स्थानमा यहॅाहरू सम्पुर्ण लाई उपस्थित भई संस्था लाई मार्ग निर्देश गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
तपशील
मितिः २५.०५.२०२५ ( आईतवार )
समयःठिक १२ः००
स्थानः Kobbelvænget 65, 2700 København
( Energicenter Voldparken )
धन्यवाद।
भवदीय
गैर आवासीय नेपाली संघ, डेनमार्क परिवार

