d2ec7ff8 3b0d 44d2 9a57 4b07b9ee0782

नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका इन्दिरा जोशी युरोपका बिभिन्न देशमा साङ्गितिक प्रस्तुती दिन युरोपमा हुनुहुन्छ । उत्तरि युरोपको फिनल्यान्ड देखि अस्ट्रिया सम्म हुने जोशीका कार्यक्रम दशै, तिहार बिशेष हुनेछन ।

अहिले सम्म चौतारी इभेन्ट्सले फिनल्यान्डमा, एनआरएनए र काठमाडौं मार्टले क्रोयसियामा, नेसासले अस्ट्रियामा, कास्की समाज बेल्जियमले बेल्जियममा,  एनआरएनए डेनमार्क र इनास डेनमार्कले संयुक्त आयोजनामा डेनमार्कमा , इनासले फ्रान्समा र टिम नेपाल पोर्तुगलले पोर्तुगलमा जोशीको साङ्गितिक साँझ आयोजन गरेकाछन । 

नेपालकी साकिराको रुपमा चर्चित बहुप्रतिभाशाली गायिका इन्दिरा जोशीका आधुनिक र पप गीतहरु निकै रुचाइएकाछन । रियालिटी शो “को भन्दा को कम”, “नेपाली तारा” लगायतबाट आफ्नो क्यारिएर सुरु गरेकी जोशी अहिले रियालिटी शो “नेपाल आइडल” र “सारेगमा लिटल च्याम्प” मा निर्णायक रहेकीछन ।

एनएफडिसी राष्ट्रिय चलचित्र पुरुस्कार पाइ सकेकी जोशीका “डान्स विथ मि” लगायतका एलबम र चलचित्रमा थुप्रै गीत सुन्न सकिन्छ ।

 

 

 

Shopping Cart