जनहितमा जारी
पोर्तुगिस एम्बेसिको वेबसाईट बाट पास्पोर्ट र नागरिकता नबिकरन गर्न अप्पोइन्ट्मेन्ट लिनको लागि नयाँ अकाउन्ट चाहिने भएकोले , धेरै साथीहरुमा यो कसरी गर्ने भन्ने इन्फर्मेसन को अभाब भएकोले यो भिडियो बनाइएको जानकारी गराउछौ। https://www.youtube.com/watch?v=v75uih5yW-I
Note :This information is informal, if you need legal advice please contact the professional lawyer.
एदी तपाईं भर्खर यूरोपियन देश बाट पास्पोर्ट लिएर डेन्मार्क आउनु भएको छ वा आउने सोच बनाउनु भएको छ भने निम्न कुराको जानकारी हुनु जरुरी हुन्छ।
१- सर्बप्रथम त तपाईंको काम खोज्नु पर्छ। ३ महिना सम्म यहाँको कुनै कागजात बिना नै काम खोज्न सकिन्छ। त्यो काम बाट काम को Declaration र Contract बनाउनुहोस् ।
२- काम को कगजपत्रको आधारमा EU बसाइ अनुमती पत्र निकाल्न पर्छ। जस्को लागि https://www.nyidanmark.dk/en-GB/ContactUs/Contact%20SIRI/Citizens%20Centre बाट Apointment लिएर सिरिको अफिस मा जानु पर्छ। अनी त्यहाँ OD1 फारम भर्नु पर्छ जुन फारम को लागि https://www.nyidanmark.dk/da/Words%20and%20Concepts%20Front%20Page/SIRI/Application%20forms%20-%20SIRI यो लिन्क मा हेर्न सकिन्छ।
३- त्यहा बाट stay permission आये पछी International House को वेबसाईटमा गएर CPR को लागि आबेदन दिनु पर्छ।https://ihcph.kk.dk/cpr-registration-0 यो वेबसाईट मा मागेको कागजात को आधारमा। केही दिन्मा तपाईंलाई CPR रेडी भयो लिन आउनु भनेर डेट र टाईम दिन्छ अनी तपाईं गएर CPR लिनु पर्छ।
४- CPR दर्ता भएपछी ब्यान्क मा अकाउन्ट खोल्न सकिन्छ।
नेपाल बाट आफ्ना आफन्तहरु डेनमार्क बोलाँउदा कसरी बोलाउने भन्ने कुराको जानकारी को अभाब देखिएकोले पोर्तुगल समाज डेन्मार्क ले यो के के कुरा कसरी गर्ने भन्ने कुराको अनुभब को आधारमा लिस्ट तयार गरेको छ। सबभन्दा पहिले त कुन Category को भिसा मा बोलाउने भन्ने कुराको अन्न्योलता देखियो। (बच्चा र श्रीमती को केस मा) family reunification मा बोलाउने कि Short Visit(90 din ) मा बोलाउने? – Family Reunification मा बढी समय लगाउने भएकोले छोटो भिसा मा बोलाँउदा छिटो आउने देखियो। यहाँ बोलाइसकेपछी अरु कागजी प्रकृया अगाडि बढाउदा सजिलो हुने कुरा देखिएको छ । (बुवा आमा वा अन्य आफन्त लाई त छोटो visit भिसामा नै बोलाउने हो। )
डेन्मार्क बाट बनाउनु पर्ने चाहिने कागजात हरु :-
१- काम को कन्ट्राक्ट
२- तीन महिनाको काम को तलब रसिद
३- पोर्तुगल को नागरिकताको वा पास्पोर्ट को कपी
४- बैंक ब्यालेन्स
५- VU2 फोर्म
6- Sponsor लेटर
7- घर को कन्त्र्याक्ट नभये घरबेटी को नाम् को कागज र CPR
८- Foreign Ministry बाट अकाउन्ट बनाएर ८० युरो तिरेको रसिद
नेपालबाट बनाउने कागज हरु
१- भिसा Application फोर्म
२- नाता प्रमानित फोटो राखेर
३- Travel insurance
४- Corona insurance
५- Air Ticket Booking
VU2 form link VU2 Form Link
VFS ko link
हजुरको पास्पोर्ट पोर्तुगल को छ र तपाईंको बच्चा (छोरा छोरी ) पोर्तुगल मा वा नेपाल मा छन र उनिहरुको पास्पोर्ट नेपाली छ भने उनिहरु 21 बर्ष पुरा नहुँदा सम्म डेन्मार्कमा बाबु आमा(जस्को पोर्तुगिस पास्पोर्ट छ ) को डिपेन्डेन्ट मा डेन्मार्क को रेसीडेन्सी कार्ड बनाउन सकिन्छ, एदी नानी बाबु हरु 21 बर्ष पुरा भएको खन्डमा उनिहरुकै छुट्टै प्रोसेस गर्नु पर्छ । छुट्टै प्रकृया भनेको उनिहरुको पोर्तुगिस पास्पोर्ट भएपछी आँफै एप्लाई गर्ने भनेको हो ।
तपाईं वा तपाईंको परिवार को कुनै सदस्य को यूरोपिअन युनिअन फेमिली Dependent को रुल अनुसार Permanent Resident Permit प्राप्त गर्नुभएको छ भने र तपाईंले २०११ पछी नबिकरन गर्नु भएको छ भने उक्त कार्ड २०२६ को अगस्त ३ भित्र मा नबिकरन गर्नु पर्ने छ। यो बारेमा धेरै साथीहरुको जिज्ञासा आएकोले हामीले सिरी मा फोन गरेर जानकारी लिएका थियौ। यदी उक्त कार्ड २०११ भन्दा पहिलेनै प्राप्त गरेको छ भने २०२३ अगस्त ३ भन्दा पहिले नै नबिकरन गर्नु पर्ने हुन्छ। कार्ड नबिकरन अहिले तुरुन्तै गर्नु नपर्ने र ५-६ महिना पहिले नबिकरन गर्दा हुन्छ भन्ने जानकारी पाएका छौ। यदी यो बारेमा जानकारी लिन सिरी मा फोन गर्न चाहनुहुन्छ तर सिरी को लामो Waiting Time Avoid गर्न चाहनुहुन्छ भने कल मि लेटर Option मा आफ्नो नम्बर दिनु भयो भने उनिहरुले तपाईंको नम्बर मा कल ब्याक गर्दछन।
-Krishna Prasad Khanal
