“हाम्रो तीज हाम्रै आँगनमा’’
आदरणीय डेनमार्कवासी आमा–बुवा, दिदी–बहिनी, दाजु–भाइ साथै नानी–बाबुहरुमा गायिका मल्लिका कार्कीको तर्फबाट निमन्त्रणा 

गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले यहि सेप्टेम्बर १० तारीखका दिन हामी नेपालीहरुको बिशेष चाँड हरितालिका तीज मनाउँन गईरहेको छ । बिशेषतः महिलाहरुको पर्व यो हरितालिका तीज गायिका मल्लिका कार्कीको सांगितिक प्रस्तुतिका साथ तपाईहरू सबैको सहभागिता एवं उपस्थितीमा भब्य रुपमा मनाउँन गईरहेका छौं। त्यसर्थ हाम्रो मौलिक संस्कृति बोकेको यो पर्वमा सम्पूर्ण डेनमार्कवासी नेपालीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
सबैको समय शुभ रहोस् ।
धन्यवाद।
जय एनआरएनए ।
आयोजक
एनआरएनए डेनमार्क 

